काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ।
प्रतियोगिताको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडाविरुद्ध २–० को सहज जित निकालेको हो।
अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो।
खेलको ४९औँ मिनेटमा अल्भारेजले र मार्टिनेजले खेलको ८८औँ मिनेटमा गोल गरेका थिए।
कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियनसमेत रहेको अर्जेन्टिनाले यो जितपछि समुह ए मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ।





