काठमाडौँ । विश्वकप छनोट तथा एएफसी एसियन कप संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको नेपाल यूएईसँग पराजित भएको छ।
साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको हो।
पहिलो चरणको खेलमा पनि नेपाल युएईसँग ४-० गोल अन्तरले नै पराजित भएको थियो। जितसँगै समूह एचको शीर्ष स्थानमा रहेको युएईले पाँच खेलबाट शतप्रतिशत जितसहित १५ अंक जोडेको छ।
बहराइन १० अंकसहित दोस्रो, यमन तेस्रो र नेपाल पुछारमा रहेको छ। यमनको चार अंक छ भने नेपाल अंकविहीन छ।
यूएईको जितमा अब्दुल्ला सुहेलले दुई अली सालेह र हाजेम मोहम्मद अबुल्लाह अब्बासले समान एक एक गोल गरे।
पहिलो हाफमा २-०ले पछि परेको नेपालले दोस्रो हाफमा पनि समान दुई गोल ब्यहोरेको हो।
नेपालले पहिलो गोल खेलको १२औँ मिनेटमा गोल खाएको थियो। हरिब अब्दुल्ला सुहेलले खेलको १२ र १४औं मिनेटमा गोल गरेका थिए।
त्यसपछि नेपालले ५३औँ मिनेटमा गोल ब्यहोरेको थियो। अलीले गोल गर्दै यूएईका लागि ३-० को अग्रता दिलाए।
७५औँ मिनेटमा हाजेमले गोल गरेपछि यूएईले खेलमा ४-० को जित हासिल गर्यो।





