काठमाडौं, जेठ १९ गते । नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग आज (शनिबार)बाट शुरू हुँदैछ ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा आयोजना हुने प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई खेल हुनेछ ।

आज हुने पहिलो खेलमा बिहान ९ बजे हेल्प नेपाल र बूढानीलकण्ठ भलिबल क्बलबीच हुनेछ । दोस्रो खेल बिहान ११ बजे विभागीय टोली नेपाल पुलिस क्लब र सुदूरपश्चिम स्पोर्ट्स क्लबबीच हुनेछ। तेस्रो खेल दिउँसो १ बजे अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र गण्डकी प्रदेश भलिबल संघबीच हुनेछ ।

यस्तै, प्रतियोगिताको उद्घाटन खेलमा दिउँसो ३ बजे महिलातर्फ न्यू डायमन्ड स्पोर्ट्स क्लब र विभागीय टोली एपीएफ क्लबबीच हुनेछ । उद्घाटन खेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राखेपसदस्य सचिव टंकलाल घिसिङ, ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठलगायतको सहभागिता रहनेछ ।

जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ आठ टोली र महिलातर्फ ६ टोली प्रतिस्पर्धा गर्नेछन् । लिगमा पुरुषतर्फ २८ खेल र महिलातर्फ १५ खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको