काठमाडौँ, जेठ १७ गते । नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको तयारी पूरा भएको छ ।

बिहिवार काठमाडौँको होटल क्राउन प्लाजामा सम्पन्न प्राविधिक बैठकमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक तथा नेपाल भलिबल संघका उपाध्यक्ष युवराज श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा सहभागी सबै टिमलाई शुभकामना दिँदै उपाध्यक्ष श्रेष्ठले अनुशासित भएर खेल्न र आफ्नो खेल क्षमता प्रस्तुत गर्न अनुरोध गरे । यस्तै, रेफ्री संयोजक विजय केसीले टेक्निकल पक्षको विषयमा प्रस्ट पार्दै खेल नियमानुसार खेल्न र सबै टोलीलाई शुभकामना दिएका छन् ।

प्रतियोगिता जेठ १९ गतेबाट त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा आयोजना हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा दिउँसो ३ बजे महिलातर्फ न्यू डायमन्ड स्पोर्ट्स क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच हुनेछ । उद्घाटन खेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राखेdप सदस्य सचिव टंकलाल घिसिङ, ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ लगायतको सहभागिता रहनेछ।

जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोली प्रतिस्पर्धा गर्नेछन् । लिगमा पुरुषतर्फ २८ खेल र महिलातर्फ १५ खेल हुनेछ । प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई खेल गरी कूल ६ खेल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको