काठमाडौँ । शनिबारदेखि हुने दोस्रो संस्करणको फुट टेक फुटसल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ।

प्रत्येक शनिबार हुने प्रतियोगिताको पहिलो खेलमा यात्री डिजाइन र डिस होमबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा सुचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका आईटी कम्पनीहरुको सहभागी रहने छन्। जसमा पुरुषतर्फ ३० र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

पुरुषतर्फको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पाउने छन् भने महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद प्राप्त गर्नेछन्।

प्रतियोगिताका सबै खेलहरु रोयल नेपाल फुटसल दिव्येश्वरीमा खेलाईने छ। लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको फाइनल जेठ २६ गते हुनेछ। गतवर्ष भएको पहिलो संस्करणको पुरुषतर्फ रुटिन अफ नेपाल बन्द र महिलातर्फ क्लाउड फ्याक्ट्री च्याम्पियन बनेको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको