काठमाडौँ । स्पेनिस ला लिगा च्याम्पियन रियल मड्रिडले सहज जित हासिल गरेको छ।
सान्टियागो बर्नाबेउमा मंगलबार राति सम्पन्न खेलमा रियलले अलाभेसमाथि ५-० को सहज जित हासिल गरेको हो।
घरेलु टोली रियलको जितमा भिनिसियस जुनियरले २, जुड बेलिङ्घम, फेडेरिको भल्भर्डे र अर्दा गुलरले समान १/१ गोल गरे।
जितसँगै लिग जारी सिजनको उपाधि जितिसकेको रियलले ३६ खेलबाट ९३ अंक बनाएको छ। ३५ खेल खेलेको ७६ अंक रहेको बार्सिलोना दोस्रो स्थनामा छ। पराजित अलाभेस भने ३६ खेलबाट ४२ अंकसहित ११औँ स्थानमा छ।
खेलको १०औँ मिनेटमा बेलिङ्घमले गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए। भिनिसियसले खेलको २७औँ र ७०औँ मिनेटमा गोल गरे पछि रियले ४-० ले अघि बढ्यो।
त्यसछि खेलको ८१औँ मिनेटमा गुलरले गोल गरेपछि रियल ५-० ले विजयी भयो।



