निरोज चौलागाईं/ सिन्धुपाल्चोक
प्राकृति विपत्तिबाट बिस्थापित भएका बाह्रबिसे नगरपालिकाका भित्रका २२ घर परिवारले शनिबार घर निर्माणको लागि जग्गा धनी पुर्जा पाएका छन। बाह्रबिसे नगरपालिका भित्र बाढी पहिरो तथा प्राकृति विपत्तिको मारबाट विस्थापित परिवार नगरपालिका भित्र जग्गा उपलब्ध गराइ पुर्जा बितरण गरेको बाह्रबिसे नगरपालिकाले जनाएको छ।
हामीले बाढी पहिरो तथा प्राकृति विपत्तिबाट विस्थापित भएर घरवार तथा जग्गा बिहिन भएका स्थानीयको पहिचान गरि जग्गा धनी पुर्जा दिएका छौ, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले विपत्तिको मार खेप्न परेको थियोे´, नगर प्रमुख बालकृष्ण बस्नेत भन्छन्, नगर भरिको प्राकृति विपत्तिबाट विस्थापित भएकाहरुको पहिचान गरेर यस अघि १४ घर परिवार र शनिबार २२ घर परिवारलाई पुर्जा दिएको बस्नेत सुनाउछौ, सिन्धुपाल्चोकमा स्थानीय तहमा सम्भवत बाह्रबिसे नगरपालिका पहिलो हो।´ यसरी जग्गा धनी पुर्जा उपलब्ध गराउने अझै धेरै परिवार समस्या पर्नु भएको छ उहाँहरुको थप पहिचान गरेर नगरपालिका अघि बढ्ने बस्नेतको भनाइ छ। प्राकृति विपत्तिबाट पीडित भएका परिवारले जग्गा धनी पुर्जा पाएपछि खुसी हुदैन भने, अघिल्लो सरकारको पाला देखि विस्थापित भएका थियौ अहिले आएर पुर्जा पायौ घर बनाउन पाउने भएपछि हामी खुसि छौ, तिलकबहादुर सेवा दमाई भन्छन्, हामीले अहिलेसम्म धेरै पीडा भोग्नु पर्यो अब घर बनाउन जग्गा पाउँदा खुसी छु । , त्यस्तै अर्का विस्थापित कमला देबि कार्कि थप्छिन, `विस्थापित भएको ७७ साल देखी विस्थापित भएका हामीले बल्ल पुर्जा पाएका छौ, हामीलाई पुर्जासगै घर निर्माण गर्न सरकारले दिने ५ लाख सदुपयोग गरेर जीवन निर्बाहको लागि एउटा बास बनाउछु ।´
स्थानीय सरकारले जग्गा उपलब्ध गराएसगै प्रदेश तथा केन्द्रिय सरकारले उपलब्ध गराएको रकममा स्थानीय सरकारले १५ प्रतिशत रकम थपेर विस्थापित परिवारलाई घर निर्माणमा सहयोग पुग्ने बाह्रबिसे नगरपालिकाले जनाएको छ। पुर्जा वितरण कार्यक्रममा पुगेका पुर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले, विपत्तिको मारमा स्थानीय तहको सरकारको भुमिका ठुलो हुने बताए। अहिले निर्वाचन जितेका जनप्रतिनिधिले बाह्रबिसेमा वास्तविक विस्थापितको पहिचान गरेर काम गरेको छ । स्थानीय सरकारको अनुभुती जनताले गरेका छन । त्यसैले तपाईंहरुले निर्वाचन जित्नु भएको छ । यस्तै काम गर्दै जादा तपाईंहरु जनताको अभिभावक भएको उहाँहरुमा अनुभुती हुन्छ। जिल्लाभर प्राकृति विपत्तिबाट विस्थापित भएकाहरुको लागि काम गर्ने बाह्रबिसे नगरपालिका पहिलो बनेको छ। हालसम्म जिल्ला भर जग्गा खरिद गर्ने ४८१ परिवार छन त्यस मध्ये बाह्रबिसे नगरपालिकाका ३६ परिवारले जग्गा पाइसकेका छन । भने, ५८ परिवारले घर निर्माण गरिसकेका छन विस्थापित परिवारको तथ्यांक संकलन गर्न प्रतिबद्धता परियोजनाले स्थानीय तहसग समन्वय गर्दै आएको छ।



