काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावादले रोमाञ्चक जित दर्ता गरेको छ ।
हैदरावादले बिहीबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १ रनले पराजित गरेको हो ।
हैदरावादले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो । जवाफमा राजस्थान रोयल्सले निर्धारित ओभरमा ७ विकेट गुमाएर २०० रन बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक रहे पनि ११ रनमात्रै बनेको थियो । अन्तिम ओभर हैदरावादका अनुभवि बलर भुवनेश्वर कुमारले उत्कृष्ट बलिङ गरेका थिए ।
हारे पनि राजस्थान रोयल्स तालिकाको शीर्ष स्थनमा छ । १० खेल खेल्दा राजस्थान दुई खेलमा मात्रै पराजित भएको छ । हैदरावाद भने जितसका साथ १२ अंक बनाउँदै तालिकाको चौथो स्थानमा उक्लिँदै प्लेअफको दावेदारिता प्रस्तुत गरेको छ ।
आइपीएल अन्तर्गत आज राति मुम्बई इन्डियन्स र कोलकाता नाइटराइडर्स आमने सामने हुने छन् । खेल पौने ८ बजे सुरुहुने छ ।




