काभ्रे : आगलागीका कारण पीडामा रहेका राेशी गाउँपालिकाका १२ घरपरिवारलाई काभ्रे कांग्रेसका नेता, नेपाल तरूण दलका केन्द्रीय सदस्य राेशन पाण्डेले राहत उपलब्ध गराएका छन् । आगजनीको कारण रोशी गा.पा.वडा नं ४ सानोपोटाका १२ घरमा क्षति पुगेकाे छ । साे पीडित परिवारलाई प्रति घर २ बोरा चमाल, ५ केजी दाल, २ लीटर तेल, एक प्याकेट नुन, २ किलो गेडागुडी, १ बाक्सा वाईवाई चाउचाउ गेडागुडी लगायतकाे खाद्यान्न सामाग्री वितरण गरिएकाे छ । साे वस्तीमा आगजनीपछि पाण्डे राहत लिएर शुरूमै पुगेका हुन् ।
काभ्रे कांग्रेसका युवा नेता पाण्डेले प्रारम्भिक चरणमा तत्काल आवश्यक खाद्यान्न उपलब्ध गराइएकाे बताए । `अहिले तत्कालका लागि खाद्यान्न उपलब्ध गराएका छाैं । घर पुननिर्माणमा पनि सकेकाे सहयाेग गर्नेछाैं,´ उनले भने ।

आगलागिले समस्यामा परेकाहरूलाई राहत वितरण गर्न र उनीहरूकाे समस्या बुझ्न कांग्रेस केन्द्रीय सदस्य गणेश लामा, बाग्मती प्रदेश सदस्य बिक्रम लामा, प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सभापति महेश खरेल, प्रतिनिधि सभा क्षेत्र नं १ का सभापति एवं रोशि गाउँपालिका प्रमुख दिनेश लामा, जिल्ला समन्वय समतिका उपप्रमुख रिम बहादुर लामा पनि राहतसँगै राेशी पुगेका थिए ।




