काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामीछानेले आफू षड्यन्त्रको शिकार भएको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफू षड्यन्त्रको शिकार भएको बताएकम छन् । विश्वकपमा खेल्ने नेपाली टिम आज सार्वजनिक भएलगत्तै लामिछानेकाे स्टाटस आएकाे हाे ।

उनले लेखेका छन्,`मैले लामो समय पोस्ट गर्नबाट आफूलाई टाढा राखें । म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ ।´

सन्दीप बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका छन् । उनी पुनरावेदनका लागि उच्च अदालत गएका छन् । उच्च अदालतबाट आफ्नाे पक्षमा फैसला आउने र विश्वकप खेल्ने टिममा पर्नेमा आशावादी रहेका लामिछानेकाे मुद्दाकाे पेशी पटक पटक सर्दा लामिछाने निराश हुन पुगेका छन् । मुद्दा अदालतले नटुंगाउँदासम्म लामिछानेले अन्तर्राष्ट्रिय प्रतियाेगिता खेल्न पाउनेछैनन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको