लामोसाँघु । न्यू सदाबहार युवा क्लब सिन्धुपाल्चोक जिल्ला लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। 

लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा आइतबार सम्पन्न दिनको पहिलो खेलमा श्री कालीका त्रिशक्ति युवा क्लबमाथि २-० गोल अन्तरको जित हासिल गर्दै सदाबहारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

सदाबहार जितमा सरोज पराजुली र राजु परियारले १/१ गोल गरे। सदाबहारले खेलको दोस्रो मिनेटमै पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई सदुपयोग गर्दै सरोजले सदाबहारलाई शुरूआती अग्रता दिलाए। पहिलो हाफमा १ गोलको अग्रता बनाएको सदाबहारले दोस्रो हाफमा १ गोल थप्यो।

६५औँ मिनेटमा राजुले गोल गरेपछि सदाबहारले २-० को अग्रता बनायो। त्यसपछि बाँकी समयमा थप गोल नहुँदा सदाबहार २-० ले विजयी भयो।

समूह ‘डी’ मा रहेको सदाबहार लगातार दोस्रो जितसहित अन्तिम चारमा प्रवेश गरेको हो। सदाबहारले पहिलो खेलमा सुनौलो बिहानी अभियानलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।

यस्तै, आइतबार नै हुने दिनको दोस्रो खेलमा समूह ‘ए’ मा रहेको चौतारा स्पोर्टिङ क्लबले न्यू जेनेरेसन क्लबको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको