लामोसाँघु। सुनकोशी स्पोर्ट्स क्लबले सिन्धुपाल्चोक जिल्ला छनोटमा श्री नवप्रतिभा युवा क्लबलाई पराजित गरेको छ।

लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा सोमबार सम्पन्न उद्घाटन खेलमा सुनकोशीले नव प्रतिभालाई ३–० गोल अन्तरले पराजित गरेको हो। सुनकोशीका भाइराम कार्की, सुमन लामा र छिरिङ लामाले १/१ गोल गरे।

खेलको ३६औँ मिनेटमा भाइरामले सुनकोशीलाई अग्रता दिलाएका थिए। ६५औँ मिनेटमा सुमनले सुनकोशीको अग्रता दोब्बर बनाए।

७४औँ मिनेटमा छिरिङले गोल गर्दै सुनकोशीलाई ३–० को जित दिलाए।

जितसँगै सुनकोशी छनोट प्रतियोगिताको अघिल्लो चरणमा पुगेको छ।

सिन्धुपाल्चोकले क्वार्टरफाइनल प्रवेशका लागि सिन्धुपाल्चोक एफसीसँग खेल्ने छ। सिन्धुपाल्चोक र सुनकोशीबीचको खेल बुधबार हुने छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको