विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा क्रिभुवन क्लवको आर्मी र वागमती विजयी भएका छन्।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबार भएको पहिलो खेलमा आर्मीले घरेलु टोली कोशी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ।

आर्मीसँग पराजित भएको कोशी प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ए’ मा ४ खेल खेलेको कोशी एउटामा जित र ३ खेलमा पराजित भएको छ।

कोशी २ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने आर्मीले लगातार ३ खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

आर्मी ६ अंकका साथमा शीर्ष स्थानमा छ। आर्मीले अब एपिएफसँग बुधबार दिउँसो लिगको अन्तिम खेल खेल्ने छ। ४ खेलेको कर्णालीले २ मा जित र २ मा पराजित भए पनि ४ अंकका साथ दोस्रो स्थानमा छ भने २ खेलमा १ मा जित र एउटामा पराजित भएको एपिएफ २ अंकका साथ तालिकामा चौथो स्थानमा छ।

टस हारेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ३५ रनको योगफल तयार पारेको थियो। कोशीका लागि दिपेश कँडेलले ३६ बलमा २ छक्का र २ चौका प्रहार गरी अविजिचत ४० रन बनाउँदा श्रवण यादवले १४ बलमा ५ चौका प्रहार गदै २९ रन बनाए।

एक समय १५ दशमलव ८९ रनमा ६ विकेट गुमाएको कोशीका लागि कँडेल र यादवले २६ बलमा ४६ रनको अविजित पारी खेले। त्यस्तै अनिल लामिछानेले २१ रन र सुजन थपलियाले १४ रनको योगदान दिए। आर्मीका त्रितराज दासले २ विकेट लिँदा पवन कार्कीले पनि २ विकेट लिए।

जवाफमा १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले १८ दशमलव ४ बलमा ५ विकेट गुमाई लक्ष्य पार गरेको थियो। आर्मीकोे जितमा प्लेयर अफ द म्याच त्रितराज दासले ३२ बलमा २ छक्का र ४ चौका प्रहार गरी ३५ रन जोड्दा सन्तोष कार्कीले २४ रन जोडे । कोशीका श्रिवण यादव र ज्ञानेन्द्र श्रेष्ठले २/२ विकेट लिए।

आजै भएको दोस्रो खेलमा प्रतियोगिताबाट बाहिरि सकेको वागमती प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ। जितसँगै वागमती समूह ‘बी’ मा ३ खेलमा १ मा जित र २ मा पराजित हुँदै २ अंकको साथ तस्रो स्थानमा उक्लिएको छ भने गण्डकीले खेलेको चारै खेलमा पराजित अंकविहिन भएर घर फर्किएको छ।

टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५० रनको स्कोर बनाएको थियो। गण्डकीका लागि ४७ बलमा १ छक्का र ९ चौका प्रहार गरी ६२ रन बनाउँदा अविशेक थापाले २३ रनको योगदान दिए। वागमतीका इसान पाण्डेले २ विकेट लिँदा रामनरेश गिरी, दिपेश श्रेष्ठ र तिलक भण्डारीले समान १/१ विकेट लिए।

जवाफमा १ सय ५१ रनको लक्ष्य पाएको वागमतीले १९ दशमलव २ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो। वागमतीको जितमा प्लेयर अफ द म्याच रामनेश गिरी २७ बलमा ३ छक्का र ४ चौका प्रहार गरी अविजित ५० रनको पारी खेले त्यस्तै रविन जोशीले अविजित ३२ रन बनाउँदा आशसतोष घिरैयाले २९ रनको महत्वपूर्ण योगदान दिए। गण्डकीका सुवास भण्डारीले ३ विकेट लिँदा सन्दिप राजुली र अविशेक थापाले १/१ विकेट लिए।

बुधबारको पहिलो खेल पुलिस र लुम्किनी तथा दोस्रो खेल दुई विभागीय टोली आर्मी र एपिएफबीच खेल हुने आयोजक मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको