काठमाडौं : नेपाली कांग्रेसका नेता दीपक खड्का कांग्रेसकाे आमन्त्रित केन्द्रीय सदस्य मनाेनित भएका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पाैडेलले आज खड्कालाई मनाेनित गरेकाेे जानकारी गराएका हुन् ।
प्रतिनिधिसभा सदस्य रहेका खड्काले सांसदका रूपमा सक्रिय रहँदा समय दिन नभ्याउने भन्दै संखुवासभाकाे पार्टी जिल्ला सभापतिबाट राजीनाामा दिएका थिए । खड्का पूर्वराज्यमन्त्रीसमेत हुन् ।




