काठमाडौ : नेपाली कांग्रेसक सांसद आरजु राणा देउवाले चितवनमा भएकाे शालिन पाेखरेलकाे मृत्यु भएकाे घटनाकाे यथार्थ छानविन गर्न सरकारकाे ध्यानाकर्षण गराएकी छन् । शालिनकाे हत्या हाे वा आत्महत्या भन्नेमा अहिले प्रहरी अनुसन्धान जारी छ ।
`चितवन रत्ननगर–१० स्थित एकता शिशु निकेतन विद्यालयमा अध्ययनरत १४ वर्षीया छोरी शालिन पोखरेल स्कुलको होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएको घटनाको यथार्थ छानबिनका लागि सरकारसङ्ग आग्रह गर्दछु ´,´उनले भनेकी छन्, ` परिवारजनले बलात्कारपछि हत्या भएको दावी गरेको अवस्थामा घटनालाई गम्भीर रुपमा लिएर दोषीलाई हदैसम्मको कारवाहीका लागि जोडदार माग गर्दछु ।´
यस्ता खालका घटनाहरु बारम्बार दोहोरिनु सभ्य समाजका लागि बिडम्बनाको विषय भएकमे पनि उनकाे भनाई छ ।



