काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले साउदी अरेबियामा जारी वेस्ट एसियन फुटबल महासंघ (वाफ) वुमन्स च्याम्पियनसिपको फाइनल गुमाउने भएकी छन्।
नेपालले बिहीबार हुने फाइनलमा जोर्डनको सामना गर्दैछ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्राले फाइनल गुमाउने पुष्टि गरेको छ।
प्रतियोगिताको समूह चरण र सेमिफाइनलका खेलहरु फिफा विन्डो भित्र परे पनि फाइनल भने पर्दैछ। त्यसैले सम्झौता अनुसार क्लब फुटबलका लागि सावित्रा फाइनल नखेलेर फ्रान्स फर्किन लागेकी हुन्।
नेपालले सेमिफाइनलमा लेवनानलाई २-१ ले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको थियो। सावित्रा प्रतियोगिताको सर्वाधिक गोल कर्ता हुन्। उनले ९ गोल गरेकी छन्।
सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लब एना भान गेङगाङ्पमा अनुबन्ध छिन्।



