मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला। माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला। खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अरुको मन लोभ्याउँन सकिनेछ। सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ। पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ। मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले खुसि रहनेछन्।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
काम गर्न गाह्रो महशुष हुँनेछ भने उपचार खर्च बढेर जानेछ। व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला। बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ।

सिहं (मा,मी,मू ,मे,मो,टा,टी,टू,टे)
निर्णयहरु तपाईकै पक्षमा आउँने तथा बिवादित बिषयहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ। पराक्रम बढेर जानेहुँनाले शाहशिलो काम गर्ने जोस आउँनेछ। माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुँनेछ। बिद्यार्थि वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन्।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
केहि दिनका लागि नयाँ योजना थाति राख्नुहोला समय मध्यम रहेकोछ। आसा देखाउनेहरुलेनै धोका दिनेछन्। धर्म सस्कृति तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम्रो रहेकोछ। पढाई लेखाईमा पछि परिने चिन्ताले सताउनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफ्नै कारणले पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ। घर परिवार तथा आफन्तबिच घरायसि कुरामा बिवाद निम्तिन सक्छ ध्यान दिनुहोला। कुनै योजना भए केहि समय थाति राख्दा राम्रो हुँनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ। बिभिन्न अवसरहरुले पछ्याउँनेछ। प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ। साथिभाई मनमुटाव बढ्नेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफन्तबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ। न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अरुले आलोचना गर्न सक्छन्। हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ। काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन्।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,चा,ची)
काममा अलि बढिनै समय दिदा सकारात्मक नतिजा निकाल्न सकिनेछ। राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ। प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुँन सक्छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको