दोस्रो संस्करणको भोटेकोशी कायाक च्याम्पियनसिप फागुन अन्तिम सात हुने भएको छ।
आयोजक भोटेकोशी एडभेन्चर क्लबका अनुसार प्रतियोगिता फागुन २९ र ३० गते हुने भएको हो।
खुला प्रतिस्पर्धामा हुने यस प्रतियोगितामा डाउन रिभर रेस, सालोलम, स्पिन र हेड टु हेड गरी चार इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगिताका चार इभेन्टमा पहिलो दोस्रो र तेस्रोलाई नगद पुरस्कार वितरण गरिनेछ।
स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन र विकासको लागि यस प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। साथै, यस प्रतियोगितामा राष्ट्रिय स्तरका टिमहरुको पनि सहभागिता हुनेछ।



