काठमाडौं :डडेल्धुराका विरामिकाे काठमाडौं मेडिकल कलेज ( केएमसी) सिनामंगलमा निशुल्क अपरेशन गरिने भएकाे छ। कांग्रेस नेता समेत रहेका सांसद डा.सुनिल शर्माकाे सहयाेगमा काठमाडौं मेडिकल कलेज सिनामंगलमा माघ २५गते डडेल्धुरा अस्पतालमा गरिएकाे निशुल्क स्वास्थ्य शिविरवाट रिफर भएका विरामीकाे केएमसीमा निशुल्क उपचार र अपरेशन भइरहेकाे छ।
आजसम्म २०जना विरामिकाे विभिन्न राेगकाे उपचार र अपरेशन निशुल्क भऐकाे ने.वि.संघ केन्द्रीय सदस्य ई.भुवन भट्टले वताए।
डडेल्धुराकाे स्वास्थ शिविरवाट थप उपचार, अपरेसनका लागि रिफर गरेका विरामिकाे निशुल्क उपचारका लागि सहयाेग र समन्वय ने.वि.संघ डडेल्धुराका अध्यक्ष पवन ऐर र ने.वि.संघ केन्द्रीय सदस्य ई.भुवन भट्टले गरिरहेका छन्।

`दुर्गम गाउँका जनतालाई स्वास्थ चेकजाँचका लागि केही राहत हाेस, पैसा नभएका कारण काेहि पनि गाउँकाे विरामि मर्न नपराेस भन्ने हेतुले हामिले सकेकाे सहयाेग गरिरहेका छाै, दुर्गम ठायमा निशुल्क स्वास सिविर चलाइरहेका छाैँ। त्यहावाट रिफर भएका विरामिकाे निशुल्क उपचार, अपरेशन गर्ने व्यवस्था मिलाएका छाै,´ काठमाडौं मेडिकल कलजका संचलक एवं कांग्रेस नेता शर्माले भने `राजनीतिलाई समाजसेवा र नितान्त जनसेवामा केन्द्रीत गराउनुपर्छ भन्ने मेराे उद्देश्य हाे,दुर्गुम गाउका जनतालाई केन्द्रमा राखेर राज्यले नीति बनाउनुपर्छ´, डा.शर्माले भने।



