राष्टियता, लोकतन्त्र, समाजबाद मुल आर्दशका साथ देश र जनताको मौलिक नैर्सगिक अधिकारको रक्षा गर्ने देश र जनतालाई आर्थिक सम्वृद्धिको मार्गमा डोर्याउने, राजनैतिक संर्घषबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरुलाई संस्थागत गर्ने, मुलुकलाई लोकतन्त्रका माध्यमबाट सम्मुन्त बनाउने दृढ संकल्पका साथ स्थापना गरिएको महान पार्टी नेपाली काँग्रेसको क्रियाशिल कार्यकर्ता हुन पाउँदा गौरवान्वित छु।
लोकतन्त्रको पर्यायका रुपमा रहेको आम जनताको भरोसाको पार्टी नेपाली काँग्रेस निर्माणमा अतुलनिय योगदान पुर्याउनु हुने हजारौ योद्धाहरु, महान सहिदहरु र हाम्रा संस्थापक नेता विपी कोइराला, सुर्वण शमसेर, गणेशमान सिहं, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, शुसील कोइराला, नोना
कोइराला, शैलजा आर्चाय, भिम बहादुर तामांङ्ख, बल ब.राई, महेन्द्र नारायण निधि लगायतका नेताहरुप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धासुमन अर्पण गर्दे उहाँहरुले देखाउनु भएको मार्गमा अबिचलित रुपमा यात्रा गर्ने दृढ संकल्प ब्यक्त गर्दछु।
देश र जनतालाई केन्द्रबिन्दुमा राखेर पटक पटक गरिएका बिभिन्न राजनितिक तथा सामाजिक आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दे, वर्तमानमा बाटो बिराएको राजनीतिलाई सदमार्गमा ल्याउन, आम नेपालीको आस्था र भरोसाको पार्टी बनाउन, मन, बचन र कर्मले नेतृत्वदायी भुमिका निर्बाह गर्दै सम्मुनत नेपाल, खुसी र सुखी नेपाली बनाउने महान अभिभारा हाम्रो काँधमा आएको महशुस गर्न अब ढिलाई गर्नु हुँदैन।
पार्टीको बिगत र वर्तमान
राजनैतिक तथा सामाजिक आन्दोलनको नेतृत्वकर्ता हुनुका साथै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक निर्माण गर्न नेपाली काँग्रेस पार्टीले निर्बाह गरेको महत्वपुर्ण भुमिकालाई लिएर विश्वका लोकतान्त्रिक राष्टहरु पनि गर्व गर्ने गर्दछन्। नेपाल राष्टमा लोकतान्त्रिक शासन व्यबस्थाको सच्चा पहरेदार तथा मजबुद साझेदार कोही छ भने त्यो नेपाली काँग्रेस पार्टी नै हो भन्ने बिश्वास अन्तराष्टिय जगतमा पनि परेको देखिन्छ। नेपाली काँग्रेसले लिने मुख्य निति तथा कार्यक्रम नै नेपालका सन्दभमा आधिकारिक धारणा हो भन्ने बुझाई राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायमा रहेको छ।
यद्धपि नेपाली काँग्रेसको वर्तमान नेतृत्व हाम्रो पार्टीको मुलभुत सिद्धान्त र आर्दशबाट बिचलित भइ सत्ता र शक्तिका सन्र्दभमा कहिकतै अलमलिएको देखिएको छ। पार्टीलाई चरम गुटबन्दीको भुमरीमा फसाउने, सामुहिक निर्णय भन्दा ब्यक्ति केन्द्रित निर्णयमा बिश्वास गर्ने, पार्टीभित्र एकाधिकारबाद लाद्न खोज्नु, केन्द्रीय कमिटिलाई भुमिकाबिहिन बनाईनु, पार्टीका निष्ठावान नेता, कार्यकर्ताको मुल्यांकन गर्ने पद्धति नहुनु, भातृ संगठनहरुलाई लामो समयसम्म तर्दथवादबाट चलाइनु र पार्टीका आन्तरिक निर्बाचनमा पराजित व्यातिmहरुलाई निकटताका आधारमा महत्वपुर्ण भुमिका दिइनु भनेको पार्टी भित्रको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउनु हो।
संघीय लोकतान्त्रिक शासन व्यबस्थाको प्रमुख रक्षक पार्टीको चरित्र नै दोधारे र अलोकतान्त्रिक हुनु भनेको आफैले जन्म दिएर हुर्काउँदै गरेको शिशु लोकतन्त्रको भबिष्यलाई खतरामा पार्नु हो तर्सथ नेपालमा संबिधानत राष्टियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समाबेशिता, मिश्रित निर्वाचन प्रणाली, अहिंसा र शान्ति जस्ता मान्यताहरुलाई स्थापित गर्न निर्णायक भुमिका निर्वाह गरेको शतिmको नेतृत्वले पार्टी भित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन प्रयत्न नगरे राष्टिय तथा अन्तराष्टिय समुदायमा विश्वासको संकट उत्पन्न हुन सक्ने अबस्थालाई वर्तमान नेतृत्वले गम्भीर रुपमा विचार विर्मश गर्न बिशेष अनुरोध गर्दछु।
हाम्रो पार्टीका सामु आज मुलुकलाई आर्थिक सम्बृद्धिको बाटोतर्फ अग्रसर गराउनु पर्नै प्रमुख चुनौति रहेको तथ्य आत्मासाथ गर्दै देश चरम भ्रष्टाचारको दलदलबाट माथि उठन नसकेको वर्तमान परिप्रेक्ष, बर्षेनी लाखौ बेरोजगार युवा तथा बिद्यार्थीहरु बिदेश पलायन हुनु, कृषि, वन, पर्यटन, जलसा्रेत लगायत
औधोगिक क्षेत्रमा उत्साहजनक लगानी हुन नसक्नु, बैदेशिक ऋणको भार बढ्दै जानु, राष्ट आर्थिक रुपमा ओरालो बाटोमा रहनु र भ्रष्टाचारको कारण कुनै पनि तहका सरकारसँग जनता आशावादी नरहनुले देश गम्भीर अबस्थाबाट गुज्रीरहेको स्पष्ट हुन्छ। तर्सथ देशका यि तमाम समस्याहरुलाई समाधान गरि देश र जनताको आर्थिक सम्बृद्धिको सपनालाई साकार पार्न नेपाली काँग्रेसको वर्तमान नेतृत्वले भ्रष्टाचारमा शुन्य सहनशिलताको निति अपनाउँदै, नागरिकलाई शुसासनको प्रत्याभुति दिलाउन आबश्यक परिणाममुखि निति तथा कार्यक्रम तर्जुमा गर्नु आजको प्रमुख आबश्यकता हो।
देशको अभिभावकिय जिम्मेवारीमा रहेको पार्टीले तर्जुमा गर्नै निति तथा कार्यक्रमले ठुलो अर्थ राख्दछ वर्तमानको विषम परिस्थितिमा हुन गइरहेको हाम्रो पार्टीको महासमितीको बैठक सर्बत्र चासोको बिषय भएकाले यस गरिमामय महासमितिको बैठकबाट महत्वपुर्ण बिषयहरुका सन्र्दभमा घनीभुत छलफल
भई आम नागरिक, नेता कार्यकर्ता लगायत क्रियाशिल सदस्यहरुमाझ उत्साह र भरोसा संचार गर्न कोशेढुगां साबित हुने बिश्वासका साथ मेरो तर्फवाट तपशिल बमोजिमका प्रस्ताबहरु पेश गर्दछु।
१.आन्तरिक निर्वाचन मार्फत उम्मेदवार तय गरिनु पर्ने
लोकतान्त्रिक पार्टीले लोकतान्त्रिक प्रक्रियाबाटै उम्मेदवारको छनोट गरिनुपर्नैमा प्रक्रियालाई उलंघन
गरि मनोमौजी तरिकाले छनौट गर्नै अलोकतान्त्रिक प्रवृतीले पार्टी बेथितिको पराकाष्टामा पुगेको छ। फलस्वरुप कार्यकर्ता जनमुखी नभई नेतामुखी हुनुपर्नै बिनासकारी बाटो समात्न बाध्य हुने परिस्थितीको तितो यर्थाथ हाम्रो पार्टीले सामना गरिरहेका छ।
अहिलेका नव आगन्तुक युवा पुस्तालाई हाम्रो पार्टीप्रति आर्कषित गर्न र एक लोकतान्त्रिक चरित्र भएको पार्टीको उम्मेदवार छनौट प्रक्रियालाई पुर्णरुपमा पारर्दशि र निष्पक्ष बनाउन वडा देखि केन्द्र सम्मको उम्मेदवार छनोट प्रक्रियामा त्याग र सर्मपणको उच्च राजनैतिक संस्कारबाट बन्ने सर्वसहमतिको सुन्दर सँस्कृतिलाई पहिलो प्रथामिकतामा राख्दै यदि सहमति हुन नसकेको अबस्थामा पार्टीका क्रियाशिल सदस्यहरुको मतदानबाट उम्मेदवारको टुंगो लगाउन सकिने गरि बिधानत व्यबस्था गर्नुपर्नै, यसरी उम्मेदवार टुंगो लगाउँदा निर्वाचन आयोगले निर्बाचन गर्नै मिति भन्दा १ बर्ष अगाडी नै गरिसक्नु पर्नै रु
२. उम्मेदवार सिफारिस तथा चयन सम्बन्धित तहले नै गर्नुपर्ने
मुलुक संघीयतामा प्रबेश गरिसकेपछि हामा्रे पार्टीका संरचनाहरु पनि सोही अनुसार कायम गरिएका छन्। वडा तहका उम्मेदवार वडा समितिले सिफारिस गरि पालिका समितिले चयन गर्नै, पालिकाका सन्दर्भमा सोही कमिटिले सिफारिस गरि सम्वन्धित पालिकाका वडा कमिटिको रायका आधारमा प्रदेश निर्बाचन क्षेत्रीय कार्य समितिले चयन गनुपर्ने, प्रदेश सभा सदस्यका सन्र्दभमा प्रदेश निर्बाचन क्षत्रीय समितीको सिफारिसमा प्रदेश कार्य समितिले चयन गर्नुपर्नै र प्रतिनिधि सभा सदस्यका सन्दर्भमा सम्बन्धित जिल्ला र क्षेत्रको सिफारिसमा केन्द्रीय कमिटिद्धारा चयन गरिनुपर्ने, यस प्रकारको व्यबस्थाले केन्द्रमुखि मानसिकताबाट मुक्त गराउनुका साथै तहगत संरचनाहरु उत्तरदायी र अधिकार सम्पन्न हुनेछन्।
३. एक ब्यक्ति एक पदको अवधारणा
हाल पार्टीभित्र बहुपदीय अबधारणाका कारण पनि नेतृत्वका बिच शक्तिको टकराव भएको देखिएकाले एक ब्यक्ति एक पदको अबधारणालाई अगाढी बढाइनु पर्दछ। पार्टीको जिम्मेवारीमा रहेको ब्यक्तिले संगठनलाई मजबुत बनाउन कार्य सम्पादन गर्नेछ भने सार्बजनिक पद धारणा गरेको व्यातिmले पार्टीको निति अनुरुप जनताका काममा आफुलाई केन्द्रित गर्नेछन्।
४. भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाईनु पर्ने
राष्टलाई गम्भीर संकटमा पार्ने सामाजिक रोगका रुपमा रहेको भ्रष्टाचारका सम्बन्धमा पार्टीले शुन्य सहनशिलताको निति अबलम्बन गर्नु पर्दछ। देश बिकासको मार्गमा गम्भीर संकटका रुपमा रहेको भ्रष्टाचारलाई निरुत्साहित बनाउदै, आम नागरिकहरुको आर्कषक भरोषा र बिश्वासको पार्टी बनाउन कुनै पनि तहमा रहेका नेतृत्वलाई आरोप लागेको खण्डमा स्वतन्त्र रुपमा छानबिन गर्न दिनका लागि पार्टीबाट तत्काल निलम्बनमा राख्ने व्यबस्था गरिनु पर्ने।
५. प्रतिनिधि सभामा प्रत्यक्ष निर्बाचित व्यबस्था
हाल नेपालमा संचालित भएको मिश्रित निर्बाचन प्रणालीले कुनै पनि दललाई स्पष्ट बहुमत दिन पनि नसक्ने भएको र समाबेशिताका सवालमा अयोग्य, नेतृत्वका नाता गोता, धनबाद र डनबादहरुलाई कृपा गर्ने प्रबतिका कारण यो प्रणाली लगभग असफल सिद्ध साबित हुदै गइरहेको परिप्रेक्षमा प्रत्यक्ष
निर्वाचन प्रणाली भित्र न्याय, क्षमता र लोकप्रियताका आधारमा समाबेशी सिटहरु सुरक्षित गर्ने गरि निर्वाचन क्षेत्रहरुलाई बढाएर प्रत्यक्ष चुनाव लडने व्यबस्था गरिनु पर्दछ।
६.लाभका पद बितरण सम्बन्धमा
पार्टीभित्र लामो समय देखि क्रियाशिल रही पुर्णकालिन नेता कार्यकर्ताहरुलाई उपेक्षा गर्दै हाल पहुचका आधारमा लाभका पदहरुमा जो कोही सिफारिस हुने व्यबस्थालाई केही हदसम्म कडाई गरिनुपर्नै देखिन्छ। यस्ता पदमा सिफारिस हुनका लागि कम्तीमा ५ बर्ष पुर्णकालिन रुपमा प्रत्यक्ष राजनितिमा सक्रिय भई संगठनको गतिबिधिमा सहभागी भएको ब्यक्तिलाई योग्य मान्ने व्यबस्था गरिनुपर्दछ।
७. पार्टीका क्रियाशिल नेता, कार्यकर्ताहरुको कार्य सम्पादन मुल्यांकन गर्नै सम्बन्धमा
विगत ७ दशकदेखि निरन्तर जनताको सेवामा समर्पित रहेको पार्टीमा लाखौ नेता कार्यकताहरुले आफ्नो अमुल्य समय दिइरहेका हुन्छन् तर, अबसरका सन्दर्भमा पहुचवाला र पैसावाला वा नेतृत्वका नजिककाहरुले हालीमुहाली गरिरहेका हुन्छन तर्सथ यसलाई रोकेर पार्टीभित्र योगदानका आधारमा न्यायोचित अबसरहरुको बितरण गर्न पार्टीको माथिल्लो निकाय देखि तल्लो तहका निकाय सम्म कार्य सम्पादन मुल्यांकन गर्नै पद्धतिको बिकास गरिनुपर्ने। फलस्वरुप पाइरहेकाले पाउनै पर्ने र नपाउनेहरु अन्यायमा परिरहने परिपाटीको अन्तय हुनेछ।
८ न्यायोचित अबसरको बाँडफाँड सम्बन्धमा
लामो इतिहास बोकको हामा्रे पार्टीमा लाखौ नेता कार्यकर्ताहरु समुचित अबसरको पर्खाइमा रहेका हुन्छन्। तर्सथ पार्टी भित्र प्राप्त हुने अबसरका सन्र्दभमा संसद ३ पटक बन्न पाइने, प्रधानमन्त्री,मन्त्री २ पटक, समानुपातिक संसद १ पटक र चुनाव लडनका लागि पार्टीको टिकट ३ पटक भन्दा बढी लिन नपाइने व्यबस्था गरेमा नेतृत्व रुपान्तरण गरी संगठनलाई चलायमान गर्न सफल हुनुका साथै बढी भन्दा बढी क्षमतावान नेताहरुको अबसरमा प्रतिनिधित्व हुन जानेछ। यसले पार्टी भित्र अबसर प्राप्त गर्नैहरुले सदैब मौका पाइरहने तर पहुच नहुने नेतृत्व अन्यायमा परिरहने, प्रभाब र प्रलोभनले छलांग मार्ने प्रवृतिको अनत्य गर्नेछ।
९. भातृ संस्थाको नियमित अबिधेशन गर्ने सम्बन्धमा
पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुको हरेक २ बर्षमा अबिधेशन गर्नका लागि अनिवार्य क्यालेण्डरको व्यबस्था लागु गरिनुपर्ने अन्यथा जुन संस्थाले अबिधेशन गर्न असर्मथ हुन्छ उसका जिम्मेवार समितिलाई पार्टीका अन्य पदमा अयोग्य हुने गरि व्यबस्था गर्न सकेको खण्डमा भातृ संस्थाले नवजिबन पाउनुका साथै संगठन पनि चलायमान हुने छ।
१०. योग्यताका आधारमा सम्बैधानिक नियुक्ती सम्बन्धमा
राज्य संचालनका महत्वपुर्ण संम्बैधानिक आयोगहरुमा राजनैतिक दलीय भागबण्डाका आधारमा गरिने नियुक्ती पुर्णरुपमा अपारदर्शी र निष्पक्ष नहुने भएको हुदाँ योग्यता, क्षमता र प्राज्ञिक मेरिटका आधारमा खुला प्रतिस्पर्धा मार्फत नियुक्ती गर्न सकेमा देश र जनताप्रति उतरदायी जनशक्ति सम्बैधानिक आयोगहरुमा प्राप्त गर्न सकिनेछ।
११. देश र जनतालाई केन्द्रबिन्दुमा राखेर गरिने राष्टिय निति, अखण्डता, सम्प्रभुता, संस्कृति र अस्मिताका सम्बन्धमा देश र जनतालाई केन्द्रबिन्दुमा राखेर बनाइने राष्टिय नितिले बहुसंख्यक नागरिकहरुको भावनाको प्रतिनिधित्व गर्नु पर्दछ। यस सन्दर्भमा उचित निर्णय लिन यो महासमिति बैठकले बिलम्ब गर्नु हुँदैन जसका कारण बैकल्पिक शक्तिहरुले जनमत आफनो पक्षमा पार्न सक्ने खतरा रहन्छ र हाम्रो जनाधार खस्किदै जाने प्रबल सम्भावना रहन्छ।
प्रेमिका रानामगर
महासमिति सदस्य
एवंम केन्द्रीय समिति सदस्य
नेपाल बिद्यार्थी संघ केन्द्रीय समिति

