काठमाडौं : नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको सदस्य-सचिवमा मिलन देवकोटा नियुक्त भएकी छिन्। देवकाेटा बाेर्डकाे सदस्य सचिव हुने पहिलाे महिला बनेकी छन्
नेपाल पर्यटन बोर्डमा कार्यकारी प्रमुख रिक्त थियो । नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको माघ २४ गते बसेको बैठकले देवकोटालाई सदस्य-सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ को उपदफा (४) को व्यवस्थाअनुसार देवकोटालाई कार्यकारी प्रमुख नियुक्ति नभएसम्म बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएको बोर्डको सूचनामा उल्लेख छ ।
देवकाेटा मार्च २३, २०२२ मा बोर्ड सदस्य भएकी थिइन् । उनी आर्थिक वर्ष २०८०/०८१ को बजेट संयोजक समेत थिईन् ।



