काठमाडौं : नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कांग्रेसलाई असफलताबाट बचाउन प्रधानमन्त्री पुष्पकमल दाहालकाे राजीनामा माग्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस चाँगुनारायण नगर समितिकाे प्रथम सम्मेलन उद्घाटन गर्दै उनले कांग्रेसलाई जाेगाउनका लागि पनि गठबन्धनकाे नेतृत्व गरिरहेका प्रधानमन्त्रीकाे राजीनामा माग्नुपर्ने धारणा राखे ।

उनले प्रचण्ड नेतृत्वकाे सरकारले कांग्रेसमाथि ढाडमा टेकेर टाउकाे हिर्काउने रणनीतिअनुसारकाे व्यवहार गरिरहेकाे उनकाे भनाई थियाे । `गठबन्धनकाे ठुलाे दल कांग्रेस भएपनि सरकारले जनपक्षिय काम गर्न नसक्दा आफ्नाे असफलताकाे भारी कांग्रेसलाई बाध्य पारेकाे छ´, नेता महरले भने,`जनजिविकाकाे सवाल विर्सिएकाे सरकार भ्रष्टिकरणतर्फ जान लागेकाे छ । सरकार अकर्मण्यतातिर उन्मुख छ ।´

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको