- रविभूषण झा
नेपालमा ईन्जिनिरिङ्ग शिक्षा सकेर सम्बन्धित बिषयमा जागिर पाउन प्राय: सबै नयाँ ईन्जिनियरहरुले निकै नै संघर्ष गरेका हुन्छन। राज्य लाई केही चासो नै छैन, आज सम्म कति ईन्जिनियरले डिग्री लिए, र तिनीहरुलाइ लाई कसरी ब्यबस्थापन गर्ने भनेर। नेपाल ईन्जिनियर्स एशोसिएसन तथा स्केफहरुले नेपाल सरकारलाई नयाँ ईनिजिन्यरहरुलाइ सिक्ने अवसर प्रदान गर्नका लागि ठुला ठुला आयोजनाहरुमा सिनियर एक्सपर्टसँगै राखेर सिक्ने उद्देश्यले कन्ट्रेक्टमै प्राेभिजन राख्नलाई दबाब दिदै आइरहेको छ।
करिब ३ वर्ष पहिला सडक बिभाग अन्तर्गत को Roads and Bridges Design कामको लागि ADB Funding Project मा नियुक्त गरिएको परामर्शदाताको कन्ट्रेक्ट मै १० जना BE Civil अन्तिम सेमेस्टर को Exam attend गरीसकेकोलाई अन द जब ट्रेनिङ को रुपमा राख्ने ब्यबस्था गरेकोले सडक बिभाग, एडिबी निर्देशनालयलाई धन्यवाद दिनै पर्छ।
नयाँ ईन्जिनियरहरुलाई निम्न तरिका ले शुरुका दिनहरुमा अन द जब ट्रेनिङमा काम सिक्ने ब्यबस्था गर्न/गराउन हामी पहल गर्दैछौ, यसमा सरोकारबाला सबैले सहयोग तथा कार्यान्वयन गरेर लागु गरौ।
१.नेपाल सरकार अन्तर्गत सन्चालित सबै ठुला ठुला आयोजनामा (आयोजनाको Size अनुसार) कन्ट्रेक्टमै केहि नया ईन्जिनियरहरुलाई पनि अनिबार्य रुपले राख्ने ब्यबस्था गर्ने।
२. सम्पूर्ण ईन्जिनियरिङ्ग कन्सल्टेन्सी (जुनकि सैयोको सन्ख्यामा छन), सम्पूर्ण कन्ट्रेक्टरहरु (सैयोको सन्ख्यामा छन), सपूर्ण क्याम्पसहरु (५० वटा जती होलान, सबै faculties गर्दा धेरै नयाले अवसर पाउने सम्भावना), बिभिन्न कल कारखनाहरु लगायतमा कमसे कम एकजना लाई ३ देखि ६ महिनाको लागि अन द जब ट्रेनिङ को रुपमा न्युनतम पारिश्रमिक दिएर अवसर दिन लाउने र सो रकमको बराबर रकम, सम्बन्धित कार्यालय, क्याम्पस तथा कल-कारखानाहरुलाई नेपाल सरकारले कर मिनहा गर्ने।
३. नेपाल ईन्जिनियर्स एसोसिएसन स्वयमले एउटा जब पोर्टल निर्माण गर्न प्रयासरत छौ। सबै माथि भनिएका सन्सथा हरु सँग (SCAEF, FCAN, FNCCI, Engineering Campuses लगायतका संग)। MOU गरेर तिनिहरुको बिचमा bridging काम गर्नको लागि।
४. अरु बिकाशशिल देशहरुमा कसरी नया ईन्जिनियरहरुको ब्यबस्थापन गरिन्छ तेसको पनि अध्य्यन गरेर हाम्रो देशमा पनि तेसै अनुरुप आवश्यक पहल चाल्नेछौ।
अहिले सम्म 33rd NEA Executive ले अरु पनि कति गर्नै पर्ने कामहरुमा लाग्यौ संगै यसको लागि पनि निकै पहल गर्यौ। अब हाम्रो कार्यकालको धेरै समय बाँकी छैन त्यसैले अब यो कामको लागि बिशेस पहल गर्छौ भन्ने ई. सम्बत २०२४ को नयॉ बर्षको अवसरमा यहॉहरु लाइ बिश्वास दिलाउन चाहे। नया नयाँ ईन्जिनियरहरुको NEA प्रति आकर्षण बढाउन हामी हर सम्भव प्रयास गर्दै आइरहेका छौ। सम्पुर्ण सरोकार वालाहरुले यलाइ आफ्नो पनि जिम्मेवारी सम्झेर आफै अग्रसर भएर लागौ
[इ. झा नेपाल इन्जिनियर्स एशोसिएसनका महासचिव हुन्]

