सुनसरी :  इटहरी १७ बालग्राममा रहेको दर्पण क्लबले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा को सहकार्यमा जिल्ला रेडक्रस सोसाइटी सुनसरी शाखाको प्राविधिक सहयोगमा रक्त संकलन गरिएको छ। ६२ जना ले रक्तदान गरेको कार्यक्रममा ६२ प्रिन्ट रक्त संकलन भएको कार्यक्रम संयोजक रुपेश भट्टराई ले बताएका छन् ।

क्लबका अध्यक्ष दिपक गिरिको अध्यक्षतामा सम्पन्न भएको कार्याक्रममा समाजसेवी राजकुमार गिरि प्रमुख अतिथिको रुपमा उपस्तिथि हुनुन्थ्यो। युवाहरू ले गरेको रक्तदान जस्तो पुण्यकामले समाजमा राम्रो सन्देश जाने र यस्ता कार्य गरिरहन युवाहरू लाई हौसला दिनु भएको छ।

उक्त कार्यक्रमका संयोजक रुपेश भट्टराईले दर्पण क्लबले सधैभरी निस्वार्थ रुपमा समाजिक कार्य गर्दै आइरहेको र अहिले पुर्वमा रगतको अभाव हुन नदिन आफुहरुले रक्तदान कार्यक्रम संचालन गरेको बताए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको