काठमाडौं । पशुपति भण्डारखाल क्षेत्रमा उपमन्येश्वर महादेवको मुर्ति स्थापना र प्राणप्रतिष्ठा गरिएको छ । मंगलबार बैद्धिक विधि अनुसार काठमाडौं महानगरपालिका वडा नम्वर ७ पनेकुमा महादेवको मुर्ति स्थापना र प्राणप्रतिष्ठा गरिएको हो ।

स्थानीय तथा मन्दिर निर्माणमा सक्रिय अभियन्ता माधव पाण्डेका अनुसार स्थापना गरिएको मुर्ति बनारसबाट तयार गरेर ल्याइएको हो । साथै मन्दिर परिसरमा क्षेत्रमा उपमन्यु गोत्रीय पाण्डे बंशको कुलदेवता समेत स्थापना गरीएको छ । मुर्ति स्थापना भएसँगै अब मन्दिरको बाहिरी भाग निर्माणको काम थालिने पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर