काठमाडौँ, मंसिर १८ । काठमाडौँ उपत्यकामा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ।
आजबाट काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो।
आज बिहानैदेखि हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढीरहेको छ। चिसो बढेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ।
काठमाडौँसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ। हिमाली जिल्लाहरुमा हिमपातसँगै वर्षा हुँदा जनजीवन थप कष्टकर भएको छ।



