काठमाडौं : नेविसंघले जाजरकाेटमा भूकम्पले क्षतिग्रस्त त्रिवेेणी माविलाई ६ काेठे अस्थायी आवास निर्माण गरि हस्तान्तरण गरेकाे छ । संघका अध्यक्ष दुजाङ शेर्पाले आज ६ कोठे अस्थाई आवास निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गरेमा हुन् ।
नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको आयोजनामा भूकम्पबाट प्रभावित जाजरकोटका विद्यालयहरुको पुन: निर्माण गर्ने क्रममा श्री भेरी त्रिवेणी मा. बि मा ६ कोठे अस्थाई आवास निर्माण भएकाे हाे ।

भवनसँगै नेविसंघले साे विद्यालयलाई शैक्षिक सामाग्रीहरु पनि हस्तान्तरण गरेको छ । ३ सय सेट शैक्षिक सामाग्री (प्रति सेट ५ वाटा कपी , २ कलम , २ पेन्सिल , २ इरेजर , २ कटर ), ६ सेट ह्वाइट बाेर्ड र ६ सेट बाेर्ड मार्कर हस्तान्तरण गरिएकाे नेविसंघका मुख्यसचिव विजय खड्काले बताए ।



