काठमाडौँ । मंगलबार पनि सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ।

अघिल्लो दिन ११.२७ अंकले घटेको बजारमा आज थप २.१७ अंकले घट्दै नेप्से सूचक १८ सय ९४.५३ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

उसो त आज कारोबार समेत घटेर १ अर्ब २८ करोड २ लाख रुपैयाँमा झरेको नेप्सेले जनाएको छ। अघिल्लो दिन ११.२७ अंकले नेप्से घटेको बजारमा १ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

आज फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड समूहको उपसूचक बढेका छन् भने बाँकी बैंकिङ, डेभलपमेन्ट बैंक, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, ट्रेडिङ, अन्य समूहको उपसूचक ऋणात्मक भएका छन्। आज सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक ३.३३ प्रतिशतले बढेको छ।

आज बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीका सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीले ५.३३ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको