काठमाडौं । सेकुवा पारखीहरुमाझ लोकप्रिय रहेेेेकाे बाजेको सेकुवाको १७ औं शाखा जोरपाटीमा भाेलिदेखी  सञ्चालनमा आउने भएको छ । ९ गते शनिबार बाजेको सेकुवा जोरपाटीको उद्घाटन हुने भएको हो । उद्घाटनको अवसरमा १६ गतेसम्म एक हप्ता २० प्रतिशत डिस्काउण्ट अफर दिने प्रोपाईटर राजन काकीले जानकारी दिए ।

९ गते पहिलो दिन र १६ गते लाइभ सांगीतिक प्रस्तुति रहनेछ । बाजेको सेकुवा जोरपाटीमा चिसो तातो पेय पदार्थ तथा लोकप्रिय परिकार सेकुवाका साथै सुप, नेपाली र इन्डियन लोकप्रिय खाना खाजा सेट, ट्राउट माछा, पिज्जा, तन्दुरी, मुस्ताङको आलुका परिकार पाईनेछ ।

पारिवारिक वातावरणका साथ बालबालिकाको लागि खेल्ने ठाउँ समेत रहेको बाजेको सेकुवा जोरपाटीमा पर्याप्त पार्किङको व्यवस्था समेत रहेको छ । यहाँ मिटिङ रुम र फेमिलि रुम १० वटा रहेको छ भनें ८० जना सम्मको लागि मिटिङ, सेमिनार गर्ने सुविधा हुनेछ ।

बाजेको सेकुवा जोरपाटी बिहान ९ बजे देखि बेलुका साढे १० बजेसम्म खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको