काठमाडौं :नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य प्रदिप पौडेलको नेतृत्वकाे टाेली भूकम्पप्रभावित जाजरकाेटका लागि प्रस्थान गरेकाे छ । टाेलीले भूकम्पप्रभावित क्षेत्रमा अस्थायी घरटहरा निर्माण गर्नेछ ।

पाैडेलसँगै  गण्डकी प्रदेश सांसद डिल्लीराम सुबेदी , पुर्ब मेयर ई दिपक बाबु कंडेल , मेयर पूर्ण आचार्य , महासमिति सदस्य सुशील भट्ट , तरुण दल केन्द्रिय सदस्य भागवत रेग्मी , पुष्प बस्नेत लगयत नेविसंघ केन्द्रिय सदस्यहरू नवराज डाँगी ,सुबास घिमिरे , जेम्स सिह राइ , मनोज पुरी , साजन योन्जन , जीवन सुबेदी ,बिजेन केसी लगायत नेपाली कांग्रेसका नेताहरु छन् ।

बिभिन्न राजनीतिक दलहरु पार्टी अनुकुल गतिबिधिमा व्यस्त हुँदा नेपाली कांग्रेस पार्टीले अन्य कार्यक्रमहरु स्थगन गरेर आफ्ना नेता कार्यकर्तालाई `सुरक्षित अस्थाई आवास निर्माण´ मा परिचालित गरेको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकाे स्थलगत अध्ययनमा आधारित रहेर पार्टीले गरेको निर्णयलाई  कार्यन्वयन गर्ने प्रथम चरणको नेतृत्व पौडेलले गरेका छन्। महामन्त्रीद्वयको अनुभब र रिपोर्टिंगमा आधारित राहत कार्यक्रमको प्रस्ताबलाई वर्तमान सरकारले आत्मसात गरि राहत तथा पुनर्स्थापनामा कार्यक्रम घाेषणा भइसकेकाे छ ।

नेता पौडेलसहितको टोलीले न्यानो कपडा वितरण, प्राबिधिक र दक्ष कामदारसहितको टोली र स्वयं सेवा मार्फत १ सय घर निर्माण गर्नेछ ।  नेता पौडेलको नेतृत्वमा  २०७२ को भूकम्प पश्चात पनि बिभिन्न जिल्लामा अस्थाई आवास निर्माण कार्य भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको