काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताकाे संघर्षबाट स्थापित संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने बताएका छन् । लाैहपुरूष गणेशमान सिंहकाे १०९ओै जन्मजयन्तिमा आयाेजित कार्यक्रमका क्रममा बाेल्दै नेता सिंहले यस्ताे बताएका हुन् ।

उनले अहिले जनताले डेलिभर खाेजिरहेकाे भन्दै जनताकाे जीवनस्तर उठाउन त्यसतर्फ ध्यान दिनुपर्नेमा जाेड दिए । ` जनतालाई डेलिभरि गर्न तिनै तहका सरकारलाई आवश्यक अधिकार दिएर हामी अगाडि बढ्नुपर्छ,´ उनले भने । स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारलाई प्रभावकारी बनाउनुपर्ने सिंहले बताए ।
त्यस्तै सञ्चारकर्मीकाे जिज्ञासामा उनले तिहारपछि सत्तागठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएकाे पनि बताए । संविधानकाे रक्षाका लागि गठबन्धन बनेकाले सहमतिअनुसारनै गठबन्धन अघि बढ्ने सिंहकाे भनाई थियाे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको