काठमाडौँ : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितको जीवनरक्षा नै पहिलो काम भएको बताएका छन् । आज सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले भूकम्पबाट घाइतेहरुको जीवनरक्षा नै पहिलो दायित्व भएको बताउँदै त्यसका लागि सम्पूर्ण स्रोत र साधान परिचालन गरिएको बताए  ।

रक्षामन्त्री समेत रहुनभएका खड्काले घाइतेहरुको उपचारका लागि काठमाडौँबाट नेपाली सेनाको स्काइ ट्रक र एमआई–१७ हेलिकोप्टरलगायत तीन वटा हेलिकोप्टर उद्धार तथा राहतमा प्रयोग भइरहेको जानकारी दिए । “हाम्रो पहिलो प्राथमिकता घाइतेको उद्धार गरी अस्पताल पुर्याउनु हो”, उनले भने , “त्यसपछि राहत वितरणको कामका लागि नेपाली सेनालगायतको सम्पूर्ण जनशक्ति परिचालन गरिएको छ ।”

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले भूकम्प प्रभावित जाजरकोट पुग्नुभएको र आवश्यक उद्धार र राहतको काम भइरहेको बताए । उनले उद्धार र राहतमा खट्नका लागि सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर