काठमाडौं, १६ कात्तिक । काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोट खेलमा ओमानले नेपालसामु १४६ रनको लक्ष्य दिएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।

नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट हात पारे । गुल्सन झा र अविनाश बोहोराको नाममा एक-एक विकेट रह्यो ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको