विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ) को दक्षिणपूर्वी एशिया निर्देशकमा बंगालादेशको प्रधानमन्त्री शेख हसिनाकी छोरी समेत रहेकी सैमा वाजिद निर्वाचित भएकी छिन् ।
नयाँ दिल्लीमा भएको क्षेत्रीय सभा अन्तर्गत आज सम्पन्न निर्वाचनमा म्यानमार बाहेक १० देशका प्रतिनिधि सहभागी भएका थिए ।
डब्ल्यूएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् । यसपटक म्यानमानर बाहेकका १० देशले क्षेत्रीय निर्देशक चयन गरेका हुन् ।
म्यानमारमा सैनिक शासन भएको र त्यसलाई संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले उसले यसपटक क्षेत्रीय निर्देशक चयनमा मत व्यक्त गर्न पाएन्
वाजिदले १० मध्ये ८ भोट पाएकी पाएर निर्वाचित भईन भने नेपालका उम्मेदवारी दिएका नेपालका डा. शम्भूप्रसाद आचार्यले २ मतमात्र पाए। नयाँ निर्देशकमा मनोनित भएको वाजिद विश्व स्वास्थ्य संगठनमा मानसिक रोग विज्ञको रुपमा कार्यरत छिन् । उनको मनोनयनलाई आउँदो जनवरीमा हुने विश्व स्वास्थ्य संगठनको



