काठमाडौं : गाेकर्णेश्वर नगरपालिकामा बाइकको साइलेन्सर माेडिफाई गरिए कारवाही हुने भएकाे छ । गाेकर्णेश्वर नगरपालिकाले साइलेन्सर माेडिफाई गरे कारवाही गर्ने निर्णय गरेकाे हाे ।

`गोकर्णेश्वर नगर बासीको समस्यालाई ध्यानमा राखेर यस्तो निर्णय गरेका छौं। बाइक चालकहरुले बाइकको साइलेनसर मोडिफाई गरी ठूलो ठूलो आवाजमा चालाएको कारण ध्वनि प्रदूषण भई रातको समयमा सुत्न समेत समस्या भएको कारण बाइक चालक र नगर भित्रका वर्कशपहरुले सो कार्य नगर्न र गरेको भए सुधार गर्न अनुरोध गर्दछौं,´ नगरपालिकाले सूचना जारी गर्दै भनेकाे छ, `त्यस्तो गरेको पाइएमा सम्बन्धित निकायले आवश्यक कारबाही गर्ने जानकारी गराउँदछौं।नगर भित्रका सबै मोटरसाइकल वर्कशपहरुमा नगर प्रहरीद्वारा मोडिफाई नगर्न पत्र सहित जानकारी गराएका छन्।´

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको