काठमाडौं, ४ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका लगाइदिने भएका छन्।

उनले असोज ७ गते विजया दशमीका दिन अपराह्न २ देखि ३ बजेसम्म विशिष्ट र ३ देखि ५ बजेसम्म सर्वसाधरणलाई टीका-प्रसाद प्रदान गर्ने भएका हुन्। राष्ट्रपति पौडेलले बिहान ११ बजेर २ मिनेटमा भाउजू विष्णुमायाको हातबाट टीकाजमरा र आशीर्वाद लिने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

पौडेलले भाउजूको हातबाट टीका जमरा र आशीर्वाद लिएपछि परिवारका सदस्यहरूलाई टीका लगाइदिने कार्यक्रम रहेको पोखरेलले बताए। टीका ग्रहणका लागि मर्यादित पोशाकमा आउन समेत राष्ट्रपतिको कार्यालयले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको