काठमाडौं, ४ कात्तिक । जारी त्रिदेशीय टी(२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले हङकङलाई २ सय १४ रनको विशाल लक्ष्य दिएको छ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनायो।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ९२ रन बनाए। यस्तै दीपेन्द्रसिंह ऐरीले ५७ रन बनाए। ४१ बलको सामना गरेका कुशलले ९ छक्का र ३ चौका प्रहार गरेका थिए। ३४ बलको सामना गरेका दीपेन्द्रले २ छक्का र ६ चौका प्रहार गरेका थिए।
नेपालका लागि आसिफ शेखले २० तथा कप्तान रोहित पौडेलले ११ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन्। बलिङतर्फ हङकङका हरुन अरशद र मोहम्मद घजनफरले २/२ विकेट लिए ।




