काठमाडौं, २ कार्तिक । मलेसियामा जारी १९ वर्षमुनिको एसीसी प्रिमियर कपमा नेपालका अर्जुन कुमालले शतक प्रहार गरेका छन्।

समूह चरणको अन्तिम खेलमा साउदी अरेबियाविरुद्ध कुमालले शतक प्रहार गरेका हुन्। ९४ बलको सामना गरेका उनले ११ चौकाको मद्दतमा शतक बनाए। युकेएम ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा तानिएको नेपालले ३४ ओभरको समाप्तीमा १ विकेट गुमाएर २०० रन बनाएर खेलिरहेको छ।

क्रिजमै रहेका आकाश त्रिपाठीले ७६ बलमा ६० रनको अर्धशतकीय पारी खेलिरहेका छन्।यसअघि भएका समूह चरणको दुई खेलमा नेपालले इरान र बहराइललाई पराजित गरेको थियो। सेमिफाइनल पुग्नका लागि नेपालले आजको खेल जित्नैपर्ने दबाब छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको