अमृत ज्ञवाली /
#कोशी पराकम्प माथि केहि कुरा :
#डा कोइराला र महामन्त्री थापाको एकताको पक्षमा
– बिद्यार्थीकाल देखि नजिक बाट चिनेको , जुझारु नेता श्री केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री हुनुभएको छ | हार्दिक सुभकामना | हार्दिक बधाई |
– कोशी प्रकरण पश्चात नेपाली कांग्रेस पार्टी भित्रका ” टेक्टोनिक प्लेट्स” हरुमा “गति” पैदा भएको छ | परिणाम – माओबादी अध्यक्ष संग नेपाली कांग्रेसका शिर्ष नेता द्वय श्री शेरबहादुर देउवा र डा शेखर कोइराला हस्ताक्षरित “नोट” प्रकाशित भयो |
– प्रारम्भिक प्रतिक्रिया हेर्दा कांग्रेसको गैर संस्थापन पक्ष भित्र रहिआएको आपसी बिस्वाश र सदभाबका बिरुद्द “गैर राजनीतिक र निम्न स्तरको” सार्बजनिक अभिव्यक्तिहरुले लोकतान्त्रिक संस्कारको आवरणमा ” भद्दा नृत्य” को झझल्को दिएको छ |
निजि टिप्पणी :
नबिर्सौ डा शेखर कोइरालाले ४० प्रतिशत मतभारको प्रतिनिधित्व गर्नु हुन्छ | त्यो मत भार र भावना भित्र महामन्त्री गगन थापाको बलियो उपस्थिति रहिआएको छ | अधिबेसन पश्चात गैर सस्थापन समुह लाइ ” शेखर -गगन समुह ” भनेर आम संचारमाध्यमले लेख्न थाले | यो समुह थप एकताबद्द , प्रभाबकारी र लामो बाटो तय गर्ने बनोस भन्ने हज्जारौ नेता कार्यकर्ता हरु हुनुहुन्छ , हामी पनि छौ |
समुहिकता , अपनत्व र ” शेखर -गगन” समुहको बलियो उपस्थितिको बिरुद्द लेखिने , बोलिने तर्कहरु ले के डा शेखर कोइराला लाइ बलियो बनाउछ ?
लेखिएको , सार्बजनिक ठाउमा टिप्पणी गरेको सुनिरहेको छु , महामन्त्री द्वय गगन थापा र बिस्व प्रकाश शर्माको विपक्षको आवाज | महामन्त्री द्वय वाक स्वतन्त्रता र तर्क हरुको सम्मानको निमित्त “लडाई” लडेको इतिहास छ | तर आज कुनै एक कांग्रेस कार्यकर्ताले आजको कांग्रेसको समस्या महामन्त्री द्वय हो भन्ने जसरि प्रस्तुत गर्छ भने त्यसको कुनै औषधि छैन |
कोहि नेता संग नजिक हुन् को लागि अर्को नेता लाइ ” असाध्यै” गालि गरेसी पुग्छ भन्ने समय बितिसकेको छ |
यो समय बडा दशैँको हो | सबैलाई सुभकामना छ |
( ज्ञवाली गुल्मीबाट कांग्रेस महासमिति सदस्य हुुन्)

