काठमाडौं, २५ असोज । नेपालले विश्वकप फुटबलको छनोट खेलमा आज (बिहीबार) घरेलु मैदानमा लाओससँग भिडन्त गर्दैछ।
यो नेपालको फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणको पहिलो खेल हो। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ।
यसपछि अक्टोबर १७ मा हुने पहिलो चरणको दोस्रो खेल खेल्न नेपाल लाओस जानेछ।




