बैतडी, २२ असोज । बैतडीमा ४५ वर्षीया महिला बलात्कृत भएकी छन्। महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका-५ खलिगाडका २८ वर्षीय नरेश जोशी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

जोशीमाथि आइतबार बिहान मेलौली-६ को लामाखोला जङ्गलमा ४५ वर्षीयामाथि जबरजस्ती करणी गरेको आरोप छ। पक्राउ परेका जोशीविरूद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको