काठमाडौं, २२ असोज । नेपाल विद्यार्थी संघले इजरायलमा रहेका नेपाली विद्यार्थीको तत्काल उद्दार गर्न परराष्ट्रमन्त्री एनपी साउदको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष दुजाङ शेर्पाले साउदलाई मन्त्रालयमा भेटेरै ध्यानाकर्षण गराएका हुन् ।
शेर्पासँगै इजरायलमा भएको घटनामा पीडित परिवारका सदस्य,टिकापुर कृषि क्याम्पसका सभापति र विद्यार्थीहरूले सरकारको चासो नपुगेको गुनासो गरेका थिए । सो क्रममा उनीहरूले इजरायलमा बंकरमा रहेका नेपाली विद्यार्थीहरूसँग मन्त्री साउदलाई संजरवाद गराएका थिए ।
पीडित परिवारसहित गएर हामीले परराष्ट्रमन्त्रीज्यूको ध्यानाकर्षण गराएका छाैं,झ शेर्पाले भने, उहाँले उद्दारको काम अघि बढिसकेको बताउनुभएको छ । हामी चाहन्छौं सरकार अझ सक्रिय बनोस् र त्यहाँ फसेका नेपालीको जीवनरक्षा गरोस् ।



