काठमाडौं, १९ असोज । नेपालले पहिलो पदक हासिल गरेको छ ।
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त भएको हो ।
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोतिा (एसियाड) मा नेपालले पहिलो पदक प्राप्त गरेको हो । आज बिहान सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरे पछि नेपाल काँस्य पदकमा सिमित भएको हो ।




