काठमाडौँ, ११ असोज । सुरक्षाको माग गर्दै डाक्टरहरूले आज पनि प्रदर्शन गरेका छन्। उपचारका क्रममा बिरामीको मृत्युपछि सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण भएको थियो। त्यसअघि २७ भदौमा हेटौँडाको सञ्चो अस्पतालमा दुई डाक्टरमाथि आक्रमण भएको थियो ।

त्यसको विरोधमा चिकित्सकहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन,’ ‘गुन्डाको सहारामा सत्ता कहिलेसम्म’, ‘स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर’, ‘विदेश पलायन हुन बाध्य नपार’जस्ता नारा लेखिएका पर्चाहरू प्रदर्शन गरेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको