काठमाडौं, १० असोज । आज (वुधबार) शेयर बजार दोहोरो अङ्कले घटेको छ। कारोबारको चौथो दिन आज शेयर बजार परिसूचक नेप्से १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० विन्दुमा झरेको छ।
यसदिन सबै समूहको शेयर ओरालो लागेर बजार राताम्मे देखिएको छ। सबैभन्दा धेरै शुभम् पावर कम्पनी र लक्ष्मी भ्यालु–२ को शेयर १० प्रतिशतले घटेको छ।
समग्रमा बजार राताम्मे हुँदाको दिन आज मनकामना इन्जिरियङ हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशत तथा एसियन हाइड्रोपावर र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशतले बढेको छ। आज ७० लाख ६१ हजार कित्ता शेयर एक अर्ब ८१ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन्।



