काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले मिश्रित निर्वाचन प्रणालीमा पुनर्विचार गर्न माग गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य लामाले जारी केन्द्रीय समिति बैठकमा बोल्दै लामाले
मिश्रित निर्वाचन प्रणालीले कुनै पार्टीको बहुमत नआउँदा जनतामा अविश्वास सिर्जना भएको भन्दै यस्तो माग गरेका हुन् । लामाले प्रत्यक्ष निर्वाचन प्रणालीलाई नै समावेशी बनाउन माग गर्दै राष्ट्रिय सभालाई समावेशी बनाउनुपर्ने बताए । यी विषयमा महासमिति बैठकमा छलफल गर्नुपर्ने उनकाे मत थियाे ,
त्यस्तै, केन्द्रीय सदस्य लामाले राहत कोटाका शिक्षकका माग समाधानमा कांग्रेसले पहल लिनुपर्ने धारणा राखे । चाडबाड नजिकिँदै जाँदा मूल्यवृद्धि भएको भन्दै महँगी नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउन पनि माग गरे । कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा जारी छ ।




