काठमाडौं । पुनम एकेडेमीले दुई दिने ब्युटि वर्कसप सम्पन्न गरेको छ । शुक्रबार र शनिवार धुलिखेलको माउन्टेन रिसोर्टमा वर्कसप एन्ड एड्भान्स स्कृन केयर टिटमेन्ट सम्पन्न गरेको हो ।
उक्त वर्कसपमा मन्टिनेसनल ब्रान्ड अमिनो स्किृन केयरका प्रशिक्षक अमन महुनतारा र स्किन एक्सपर्ट प्रिंयका भण्डारीले तालिम दिएका थिए ।


अमिनोका उत्पादन नेपालमा पुनम एकेडेमीले भित्राएको हो । अमिनोका उत्पादन प्लान्ट बेस उत्पादन रहेको व्युटिसियन पुनम श्रेष्ठ बताउँछिन् ।

यसको माग पनि बजारमा अत्यधिक बढेको छ । एक पटक लगाए पछि दोस्रो पटक यही प्रोड्क्ट खोज्ने बढेका उनको भनाई छ ।


तालिममा सातै प्रदेशका ३८ जना व्युटिसियन सहभागी थिए । तालिममा २८ वर्षदेखि सौर्दयका क्षेत्रमा काम गरिरहेका अनुभवी व्युटिसियनहरु सहभागी रहेका एकेडेमीले जनाएको छ । यस्तो एडभान्स तालिम पहिलो पटक लिन पाउँदा सहभागी व्युटिसियनहरुले खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको