काठमाडौं : राजश्व विभागले रुट्स फेसन प्रा.लि.विरुद्ध राजश्व चुहावटको मुद्दा दर्ता गरेको छ । आइतबार उच्च अदालत पाटनमा विभागले मुद्दा दायर गरेको हो ।
एडिडास ब्रान्डका मालवस्तुहरुको आयात गरी बिक्री गर्ने रुट्स फेसन प्रा.लि.ले ब्रान्डेड मालवस्तुको मूल्य कम घोषणा गरी आयात गरेको फेला परेपछि विभागले अनुसन्धान अघि बढाएको थियो ।
रुट्स फेसनका सञ्चालकरहरुले राजश्व चुहावट– अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेधित ऐ. को दफा ४ (क) र (झ)मा उल्लेखित कसुर गरी सरकारलाई कानूनत् तिर्नु बुझाउनुपर्ने भन्सार महसुल मूल्य अभिवृद्धि कर (भ्याट) नतिरेको दाबी विभागले गरेको छ ।



