काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनका महासचिव डा. केशव पौडेलले गैर आवासीय नेपालीहरुले नागरिकता पाउने औपचारिक बाटो खुला भएकोमा खुसी व्यक्त गरेका छन् । सरकारले मन्त्रिपरिषद्बाट पारित गरेको नागरिकता नियमावली राजपत्रमा विहीवार प्रकाशित भएपछि पाैडेलकाे यस्ताे प्रतिक्रिया आएकाे हाे ।

सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पौडेलले अहिलेको प्राप्त उपलव्धिलाई रक्षा गर्दै बंशजको नागरिकताको निरन्तरताको लागि प्रयास जारी राख्ने बताएका छन् । पाैडेल एनआरएनएमाे आसन्न सम्मेलनमा उपाध्यक्षकाे तयारीमा छन् ।

पाैडेलले फेसबुकमा यस्ताे लेखेका छन्-

हामी आम गैर आवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खुलेको छ। गैरआवासीय नेपाली नागरिकता दिने प्रावधानसहितको नियमावली आज नेपाल राजपत्रमा प्रकाशित भए सँगैं हामीले गैर आवासीय नेपाली नागरिकता प्राप्तिको व्यवहारिक बाटो खुलेको हो ।
यो उपलब्धिका लागि समस्त हामी एनआरएनहरूमा बधाई र खुशी बाड्न चाहन्छु ।
यस कार्यलाई पुरा गर्न सहयोग गर्ने नेपालको प्रतिनिधि सभाका सभामुख एवं माननीय सदस्यज्यूहरु, राष्ट्रिय सभाका अध्यक्ष एवं माननीय सदस्यज्यूहरु, सम्पूर्ण राजनीतिक दलका नेतृत्व वर्ग तथा नेता ज्यूहरू , विभागीय माननीय मन्त्री ज्यूहरू, सम्माननीय प्रधानमन्त्री ज्यू एवं नेपाल सरकार का अंगहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु । गैरआवासीय नेपाली नागरिकता प्राप्तिको यस अभियानमा लाग्नुहुने संघका पूर्व अध्यक्षज्यूहरु एवं पूर्व कार्यसमिति तथा वर्तमान कार्यसमितिको नेतृत्व एवं सम्पूर्ण अभियन्ताहरुमा पनि आभार व्यक्त गर्दछु ।
अहिले प्राप्त भएको नागरिकताको माग नैं हाम्रो अन्तिम आवश्यकता को माग नभएपनि प्राप्त उपलब्धिहरुको रक्षा गर्दै वंशजको नागरिकताको निरन्तरता लगायत नेपाली नागरिक सरहको अधिकारका लागि हाम्रो प्रयास भने जारी राख्नुपर्ने आवश्यकता रहेको छ ।

डा. केशव पौडेल
महासचिव
गैरआवासीय नेपाली संघ ,अन्तर्राष्ट्रिय समन्वय परिषद

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको