काठमाडौं, ३ भदौ । काठमाडौंको मुलपानीबाट ६ वर्षीय बालक बेपत्ता भएका छन्। कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित मुलपानी प्लानिङबाट ६ वर्षीय मनिम लामा बेपक्ता भएको प्रहरीले जनाएको छ।
असोज १ गतेबाट मनिम सम्पर्कविहीन भएपछि उनका बुवा सन्दीप लामाले खोजी गरिदिनका लागी प्रहरीमा निवेदन दिएका छन्। प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीले बालकको खोजी भइरहेको बताए।



